ऋषिङ्ग गाउँपालिका

ऋषिङ्ग गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको गाउँपालिकाहरूमध्ये एक हो। ऋषिङ्गको नामाकरण कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण नभेटिएतापनि परापूर्वकालमा श्रृङ्ग नामको ऋषिले यहाँको अजम्वरी भन्ने स्थानमा तपस्या गरेको हुनाले यस क्षेत्रको नाम ऋषिङ्ग रहन गएको भन्ने प्रचलित किंवदन्ती छ।

ऋषिङ्गको
कथाहरु

ऋषिङमा धेरै अवलोकन गर्न पर्ने स्थानहरू छन् जुन अझै पनि उत्खनन गर्न बाँकी रहेको छ। यस ठाँउका धार्मिक, सांकृतिक, जीवनशैली, इतिहास, कृषि, पर्यटन सम्बन्धी कथाहरूले धेरै कुराको लागि प्रेरणा प्रदान गर्दछ।

संस्कृति

कौराहा

नेपालको गण्डक क्षेत्र र आसपास बसोबास गर्ने मगर समुदायमा प्रचलित लोकनृत्यहरू सालैजो, सोरठी, मारुनी, घाटु, झाम्रे (झ्याउरे), ज्यानै, ओहली, नाचन, कौराहा आदि हुन्। यीमध्ये कौराहा सबैभन्दा लोकप्रिय नृत्य हो।  तनहुँ जिल्लाको ऋषिङ्ग क्षेत्र मगर समुदायको मौलिक संस्कृति र पहिचान झल्किने…

अझै पढ्नुस
हस्तकला

परम्परागत हाते तान बुनाई

हाते तान हातले कपडा बुन्न प्रयोग गरिने एउटा परम्परागत यन्त्र हो। सामान्यतया, बुनाईमा धागोको दुई भिन्न सेटहरू-तनोट (ताना वा लम्बाइतिरबाट लाग्ने धागो) र बुनोट (बाना वा चौडाइतिरबाट लाग्ने धागो) समकोण पारेर परस्पर गुथिन्छ। ताना धागोहरू काठको फ्रेम वा तानमा समानान्तर…

Read More

नक्साबाट
ऋसिंङ बुझौं

इन्टराक्टिभ नक्सा को प्रयोगबाट ऋषिंगमा रहेका नयाँ ठाउँ र कथाहरु खोज्न सकिन्छ - कोटदरबार, ऋषिङ् गुफा देखि रानी पोखरी सम्म ।

नक्शा खोल्नुस
पहलहरु

समुदायबाट जम्मा गरिएको ऋषिङ्ग गाउँपालिका पहलहरु

ऋषिङ्ग गाउँपालिका समुदायमा शुरू विभिन्न परियोजनाहरु को अन्वेषण। तपाइँहरु पनि यी परियोजनाहरुमा संलग्न भएर सहयोग गर्न सक्नुहुन्छ।

पहलहरु पढ्नुस